बलिउड अभिनेता रणबीर सिंह चढेको गाडी बिहीबार मुम्बईमा दुर्घटना परेको छ ।
दुर्घटनामा रणबीर सिंहलाई कुनै चोटपटक नलागेपनि उनको गाडीमा केही क्षति भएको छ ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको भिडियोमा रणबीरले दुर्घटनापछि आफ्नो गाडीको स्थिती हेरिरहेको देख्न सकिन्छ।
भारतीय सञ्जारमाध्यमहरुमा प्रकाशित भएको समाचार अनुसार रणबीर डबिङको काम पूरा गरेपछि फर्किने क्रममा उनको गाडीलाई पछाडिबाट आइरहेको एउटा मोटरसाइकलले ठक्कर दिएको हो ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा रणबीर गाडीबाट निस्किएर मोटरसाइकलको ठक्करले कत्तिको क्षती पुग्यो भनेर हेर्छन् र त्यसपछि पुनः गाडीमा बस्छन्।
उनी चढेको मर्सिडिज गाडीको पछाडीको भागमा केही क्षति पुगेको छ ।