काठमाडौँ । कैलालीमा हाईस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका-७ गुलारामा मंगलबार (आज) साँझ सवा ६ बजेतिर सुपप्र ०१००१ ज १४२१ नम्बर हाईस र सुपप्र ०१०१३ प ५४३९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका-८ बस्ने ३३ वर्षीय गगन राना र २४ वर्षीय पुष्प सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार गम्भीर अवस्थाका दुवै जनालाई उपचारका लागि बर्दगोरिया अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।