काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनाले होर्मुज जलमार्ग हुँदै जाने जहाजहरूलाई नाकाबन्दी गर्ने घोषणा गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत यो मार्ग प्रयोग गर्ने जुनसुकै जहाजलाई रोकिने र जाँच गरिने उल्लेख गरेका छन्। विशेष गरी इरानलाई टोल (शुल्क) तिर्ने जहाजहरूलाई निगरानीमा राखिनेछ।
ट्रम्पका अनुसार, इरानलाई अवैध रूपमा टोल तिर्ने जहाजहरूलाई सुरक्षित मार्ग दिइने छैन। यस कदमले इरानको आर्थिक शक्ति कमजोर पार्ने लक्ष्य राखिएको छ। उनले भने, ‘अमेरिका जुनसुकै परिस्थितिका लागि तयार छ र आवश्यक परे युद्ध अन्त्य गर्न कदम चाल्नेछ।’