काठमाडौं – प्रतिनिधि सभाको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीयय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेकोप्रति धन्यवाद ज्ञापन गरेको छ ।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।
संसद्को निर्वाचनपछि बसेको पहिलो अधिवेशन आज मध्यराति १२ बजे सकिँदैछ ।
राष्ट्रपति पौडेलले आज संघीय संसद्को दुवै सदनको बैठकलाई सम्बोधन गरेका थिए ।