काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले मुलुकका स्थापित र उदाउँदा राजनीतिक दलहरूबीच आधारभूत वैचारिक भिन्नता नरहेको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विभिन्न दलहरूको पहिचान बाहिरी स्वरूपमा मात्रै फरक देखिए पनि विचार र राजनीतिक दृष्टिकोण एकै स्रोतबाट प्रभावित रहेको दाबी गरे।
उनका अनुसार संसदीय अंकगणितमा आफूहरूको उपस्थिति न्यून भए पनि वास्तविक प्रतिपक्षको भूमिकामा आफ्नो दल नै अग्रस्थानमा रहेको छ।
त्यसैगरी उनले उपसभामुख चयन प्रक्रियामा उम्मेदवारी दिने निर्णय रास्वपा सभापति रवि लामिछाने बाट सहयोग प्राप्त हुने आश्वासनका आधारमा गरिएको उल्लेखसमेत गरेका छन्।