काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र सभामुख डोलप्रसाद अर्यालबीच शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा राष्ट्रियसभा अध्यक्ष दाहालले हालै प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका अर्याललाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
उक्त भेटमा संघीय संसद्का दुवै सदनको कार्य सञ्चालनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा आपसी छलफल भएको जनाइएको छ।
संसदीय अभ्यासलाई सुदृढ बनाउने र आगामी कार्यसूचीलाई सहजीकरण गर्ने सन्दर्भमा दुवै पदाधिकारीबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको बताइएको छ।