स्थानीय बजारमा बिहीबार सुनको मूल्य ४ हजार ३ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन ७ हजार २ सय रुपैयाँले बढ्दै २ लाख ९९ हजार रुपैयाँ पुगेको छापावाला सुनको मूल्य आज ४ हजार ३ सय रुपैयाँले घट्दै २ लाख ९४ हजार ७ सय रुपैयाँमा झरेको हो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५० रुपैयाँले घट्दै ४ हजार ८७५ रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।