भारतीय गृहमन्त्री अमित शाह अस्पताल भर्ना भएका छन् ।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै शाह अस्पतालमा भर्ना भएको पुष्टि गरेको हो ।
भारतीय सञ्चारमाध्यम इन्डिएन एक्सप्रेसमा प्रकाशित भएको समाचार अनुसार श्वासप्रश्वासमा समस्या देखिएसँगै उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको हो ।
गत महिना कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएसँगै उनी गुरुग्रामको एक निजी अस्पतालमा भर्ना भएका थिए ।
अस्पतालबाट डिस्चार्ज भएपछि थकान र शरीरमा दुखाइ भएको भन्दै उनी पुनः एम्स अस्पतालमा भर्ना भएका थिए । गत अगष्ट ३० मा उनलाई डिस्चार्ज गरिएको थियो ।