काठमाडौँ । जेन जेड र सरकारबीच वार्ता र विचार आदान प्रदान गर्ने उदेश्यले बोलाइएको बैठकमा जबरजस्त मस्यौदा प्रस्तुत गरिएको भन्दै असन्तुष्ट जेन जेड समूहले आरोप लगाएका छन् ।
आज रिपोर्ट्स क्लबमा सरकार जेन जेडबीचको सहमतिमा असन्तुष्ट समूहले पत्रकार सम्मेलन गर्दै चुनावको रापतापमा मस्यौदा निकालेर जबरजस्त सम्झौता गरिएको बताएका छन् ।
सम्झौता भइरहँदा प्रधानमन्त्री सुशीला कार्कीले जेन जेडका मागहरु चुनावपछाडि सम्बोधन हुने भनेपछि असन्तुष्ट समूह भड्किएको थियो ।
प्रधानमन्त्री नाजवाफ हुनु भनेको यो आन्दोलनलाई लत्याउने, यो आन्दोलनलाई कमजोर बनाउने, चुनावका नाममा, मस्यौदाका नाममा यो जेन जेड आन्दोलनको रापतापलाई, परिवर्तनका मुद्दाहरुलाई छेक्ने काम भइरहेको निष्कर्षमा पुगेको जेनजी अगुवाले बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा जेन जेड र सरकारबीच वार्ता र विचार आदानप्रदान गर्ने उदेश्यले केही घाइते र केही समूहभित्रका निश्चित जेनजीलाई बोलाइएको उनीहरुले बताएका छन् ।