काठमाडौँ । दक्षिण अफ्रिकी ब्याटर एनपीएलमा आफ्नो पहिलो म्याचमा असफल भएका छन् । ओपनरका रूपमा आएका उनी १२ रनमै आउट भए ।
लुम्बिनी लाइन्सका स्पिनर अभिषेश गौतमले डुप्लेसीसलाई स्टम्पिङ गरिदिएका हुन् ।
आउट हुनुअघि उनले ९ बलको सामना गर्दै दुई वटा चौका प्रहार गरेका थिए ।
दोस्रो ओभरको अन्तिम बलमा अभिषेशलाई अगाडि बढेर प्रहार गर्न खोज्दा उनी बिट भए र लुम्बिनीका श्रीलंकन विकेट किपर निरोसन डिकवेल्लाले सहजरुपमा स्टम्पिङ गरे ।
विराटनगरले १५ रनमा दोस्रो विकेट गुमाएको छ । अर्का ओपनर जर्ज मुन्से शून्य रनमा आउट भएका थिए ।