काठमाडौँ । पोखरा एभेन्जर्स र कर्णाली याक्सबीचको मङ्गलबारको खेलमा फ्लड लाइट आधा निभेको थियो । पहिलो इनिङ्सको १७औं ओभरको खेल चल्दै गर्दा फ्लड लाइटको आधा भाग निभ्यो।
मैदानमा रहेका जेसन रोय र एडम रोसिङटनले पर्याप्त उज्यालो नभएको गुनासो गरेका थिए। तर, अम्पायरले परीक्षण गर्दा प्रकाश पर्याप्त रहेको पाइएको थियो ।
त्यसलगत्तै रोय आउट भएका थिए । यसप्रति पोखराका समर्थक र खेलाडीले असन्तुष्टि जनाएका छन् । यसअघि जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीचको उद्घाटन खेलमा डिजिटल स्कोरबोर्ड बन्द भएको थियो । त्यसयता भने त्यो समस्या नदेखिएपनि फ्लड लाइट बन्द हुनुले प्रश्न जन्माएको उनीहरूको भनाइ छ ।
यस्तै अम्पायरका कतिपय निर्णय पनि विवादित हुने गरेका छन् । टीभी अम्पायरका समेत निर्णय गलत हुनु ठीक नभएको खेलप्रेमीले बताउने गरेका छन् । यसमा नेपाल क्रिकेट संघ क्यानले पनि चित्तबुझ्दो जवाफ नदिएको उनीहरूको गुनासो रहेको छ ।