कोरोना संक्रमण समुदायमा फैलिनबाट रोक्न भन्दै जुम्ला जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालिन रुपमा निषेधाज्ञा जारी गरेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणबाट चन्दननाथ नगरपालिका वडा नं. ५ को मूल बजार क्षेत्रको व्यवसायीलाई कोरोना भाइरसको संक्रमण देखिएकाले सोबाट स्थानिय स्तरसम्म फैलिन सक्ने भएकाले निषेधाज्ञा जारी गरेको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा २०७७ साल असार ३० गते दिँउसो ३ बजे देखि अर्को निर्णय नभएसम्मको लागि निषेधाज्ञा जारी गरेको बताइएको छ ।
यसअगाडी गत जेठ २१ गतेदेखि २३ गतेसम्म स्थानीयले लकडाउनको उल्लंघन गरेको भन्दै जुम्ला सदरमुकाम खलङ्गामा तिन दिनको लागि निषेधाज्ञा जारी गरिएको थियो ।