नेपाल प्रिमियर लिग क्रिकेटमा विश्व क्रिकेटका चर्चित अनुहारहरू सहभागी हुने क्रम चलिरहेको छ । यसै क्रममा पोखरा एभेन्जर्सबाट एनपीएल खेल्न इग्ल्यान्डका जेसन रोय आइपुगेका छन् । इग्ल्यान्डलाई विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका रोयको आगमनले पोखराको प्रदर्शन सुधार हुने आशा धेरैको छ । उसो त उनीजस्ता ‘स्टार’ खेलाडी सहभागी हुनुले एनपीएलको क्रेज विश्वस्तरीय बनाउन सघाउने त निश्चित छँदै छ ।
न्यूजिल्यान्डका अलराउन्डर जेम्स निमस फर्किएपछि जेसन पोखराको टोलीमा सहभागी भएका हुन् । यी बायाँ हाते ओपनिङ ब्याटरले धर्मराइरहेको पोखराको ओपनिङ ब्याटिङ लाइनअप सम्हाल्ने अपेक्षा टीमले गरेको छ । कप्तान तथा ओपनर कुशल भुर्तेलको ब्याटिङ पछिल्लो समय भरपर्दो बन्न नसकिरहेका बेला जेसनको आगमनले पक्कै पनि टोलीलाई राहत मिल्ने अपेक्षा गर्न सकिन्छ ।
यी ३५ बर्षे दायाँ हाते ब्याटरसँग आईपीएलमा कोलकात्ता नाइटराइडर्स, दिल्ली डेयरडेभिल्स, हैदराबाद तथा विगब्यासमा सिड्नी सिक्सर्स, सिड्नी थन्डर्स, लगायत प्रभावशाली क्लवसहित विश्वका धेरै लिग खेलेको अनुभव छ । इग्ल्यान्डबाट ५ टेस्ट खेलेका उनले १८७ रन बनाएका छन् भन्े ११० एकदिवसीयमा ४२७१ रन बनाएका छन् । १८० रन उनले एकदिवसीय क्रिकेटमा बनाएको सर्वाधिक रन हो । यस्तै ६४ वटा टी ट्वान्टी अन्त्राष्ट्रिय खेलबाट उनले १ हजार ५२२ रन बनाएका उनले समग्र टी ट्वान्टीको कुरा गर्ने हो भने उनले ४१२ खेलबाट १० हजार ५५४ रन बनाएका छन् ।
यता जेम्स निसमको अभाव पूर्ति गर्नु पनि रोयका लागि अर्को दायित्व बन्ने छ । निसमले यसपटक औसत प्रदर्शन गरेका थिए । पोखराका लागि चार खेल खेलेका निसमले एक अर्धशतकसहित ९९ रन बनाए भने ५ विकेट लिए । उनको सबैभन्दा खराब खेल विराटनगर किंग्ससँगको पहिलो खेल नै भयो जसमा उनी शून्य रनमै आउन भए भने कुनै विकेट पनि लिन सकेनन् । तर दोस्रो खेलमा उनी लयमा फर्किए । सुदरपश्चिमसँगको यो खेलमा उनले ४७ रन बनाउनुका साथै ३ विकेट लिँदै शानदार अलराउन्ड प्रदर्शन गरे । तेस्रो खेलमा उनले आफ्नै पूर्व क्लव जनकपुरसँग खेलेका थिए । जुन खेलमा उनले १ विकेट लिए भने १ रन मा त्र जोड्न सके । तर चौथो तथा उनको यो सिजनको अन्तिम खेलमा भने उनले नटआउट ५१ रन बनाउनुका साथै १ विकेट पनि लिए । तै पनि उनको टोली भने विजयी हुन सकेन । पोखराले ४ मध्ये १ खेलमा मात्र जित हात पारेको छ