काठमाडौँ। नेपाल प्रीमियर लिग (एनपिएल) सिजन-२ मा चितवन राइनोजविरुद्ध लुम्बिनी लायन्सले पहिला फिल्डिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा चितवनविरुद्ध लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
एनपीएलमा लुम्बिनीले पहिलो खेल खेल्न लागेको हो । चितवन भने दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा चितवनले कर्णाली याक्सलाई पराजित गरेको थियो ।