काठमाडाैं । शुक्रबार काठमाडौं उपत्यकामा ४२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ४२ जना कोरोना संक्रमित थपिएकाे बताए ।
संक्रमितहरु काठमाडाैंकाे २८ जना, ललितपुरका १३ जना र भक्तपुरकाे १ जना रहेकाे गाैतमले बताए ।
पछिल्लो २४ घन्टा १ सय १८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका २५ वटा प्रयोगशालमा ४ हजार ८ सय १० जनाको नमूना परिक्षण गर्दा १ सय १८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमित भएका व्यक्तिको संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।
अहिलेसम्म ८ हजार ११ जना संक्रमितहरु निको भएर घर फर्केका छन् भने ३५ जनाले ज्यान गुमाएका छन् ।
सरकारले दैनिक १० हजारको संख्यामा कोरोना परिक्षण गर्ने बताएपनि विगत केही दिनदेखि ४ हजारको हाराहारीमा परीक्षण हुँदै आएको छ ।