काठमाडौँ । सोमबारदेखि आन्दोलित मधेश प्रदेशका सात दलका नेता कार्यकर्ता आइतबार पनि बिहानै मधेश भवन अगाडि धर्नामा बसेका छन् ।
असंवैधानिक मुख्यमन्त्री नियुक्ति, सांसदहरूमाथि कुटपिटमा उत्रिने अविश्वासको प्रस्ताव दर्ता भइसकेका मधेश प्रदेश सभाका उपसभामुख रामचन्द्र मण्डलको सांसद पदमुक्तिलगायतका प्रकरणको विरोधमा सात दल निरन्तर आन्दोलनरत छ । नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित सातदलले मुख्यमन्त्री खारेजीविरुद्धको सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज दुवै पक्षबीच छलफल पनि हुँदै छ ।
सडकदेखि सर्वोच्च अदालतसम्म सात दलले मुख्यमन्त्रीविरुद्ध र प्रदेश सभामा सभामुखविरुद्ध धर्ना जारी राखेका छन् । आज आइतबार चैँ सबैले पार्टी झण्डाको सट्टा नेपालको झण्डासहित धर्ना दिएका छन् ।