सिन्धुली । घाँस काट्न जाँदा खोलाले बगाएर बेपत्ता भएका सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-६ रागेचुरीका आमाछोराको शव फेला परेको छ ।
भाद्र ७ गते दिउँसो ५७ वर्षीया माँया गोले र उनको छोरा २८ वर्षकको राज कुमार गोले घरनजिकै रहेको ब्रमठाकुर सामुदायिक वनमा घाँस काटन गएका थिए ।
घाँस काटेर फर्केने क्रममा उनीहरूलाई खोलाले बगाएकोमा छोराको शव हिजो (शनिबार) र आमाको शव आज बिहान भेटिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कटुवालले बताए ।
राजकुमारको शव शनिबार बिहान १०:३० बजे क्यानखोला र खड्कुलेखोलाको दोभानमा फेला परेको हो ।
त्यस्तै मायाँ गोलेको शव रौतहटको वाग्मती किनारमा आज बिहान फेला परेको छ ।