हेटौँडा । बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा सिन्धुलीका प्राध्यापक डा नरविक्रम थापा नियुक्त भएका छन्। आज बसेको बागमती प्रदेशको मन्त्री परिषद् बैठकले थापालाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
यसैगरी, बैठकले आन्तरिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण श्रेष्ठलाई बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ । यसका साथै २०८० वैशाख १ गतेदेखि बागमती प्रदेश सरकार मातहतका सरकारी कार्यालयमा विद्युतीय हाजिर लागू गरिने सरकारका प्रवक्ता श्रेष्ठले जानकारी दिए।
उनका अनुसार मन्त्रिपरिषद् बैठकले चेपाङ्गहरुको न्वागी र माझी समुदायको लदी पर्वको अवसरमा समुदायगत रुपमा बिदा दिने निर्णय गरेको छ ।