सिन्धुली। उदयपुरको कटारीबाट सुमो चढेर काठमाडौं आउँदै गरेका युवाको साथबाट लागुऔषध बरामद भएको छ ।
आज बिहान सिन्धुलीको कमलामाई नगरपालिका-६ माझिटार स्थित वि.पि.राजमार्गमा सवारी साधन चेकगर्ने क्रममा एक व्यक्तिको साथबाट ९३ बोतल लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले केटिएम दैनिकलाई बताए ।
कटारीबाट काठमाण्डौतर्फ जाँदै गरेको मधेश प्रदेश ०१-००१ ज.०१०७ नम्बरको सुमो गाडी रहेका यात्रु कटारी नगरपालिका-३ बस्ने वर्ष २१ को एल्बिन खड्काको साथबाट कोडीवेल र डाइलेक्स लेखेको ९३ वटा बोतल लागू औषध फेला परेको हो ।
लागुऔषधसहित पक्राउ परेका खड्कालाई जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको डिएसपी दाहालले बताए ।