काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले स्वास्थ्य क्षेत्रका समस्या समाधानमा चुनौती थपिँदै गएको बताएका छन् ।
जनमत पार्टीले आयोजना गरेको स्वास्थ्य क्षेत्रमा विद्यमान समस्याहरू विषयक सर्वदलीय सर्वपक्षीय छलफलमा उनले स्वास्थ्य क्षेत्रका थोरै मात्रै समस्या समाधान गर्न सके पनि ठुलो राहत पुग्ने बताए ।
उनले भने ‘ सरकारी अस्पतालमा डाक्टर भेटिदैन् । स्वास्थ्य बीमा गरेको हुन्छ तर औषधी हुँदैन । यो कुरा धेरै भन्दा धेरै मानवीय कुरासँग सम्बन्धित हुन्छ । डाक्टरलाई अस्पतालमा उपस्थित गराउन सक्नु पर्ने हुन्छ । यो चुनौतीको विषय हो । नगर अस्पतालहरूमा समान छ तर चलाउने मान्छे छैन । ’
व्यवस्थित स्वास्थ्य क्षेत्र नहुँदा आम जनताले दुख भोग्न परेको उनको भनाई छ ।