काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा हटाएको छ । बुधबार (असोज २२) एकीकृत निर्देशन, २०८१ मा संशोधन गरी २५ करोडको सीमा हटाएको हो ।
यसअघि मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल २५ करोड कायम थियो ।
पुँजीबजार सुधारका लागि बनेको कार्यदलले पनि यो सीमा हटाउन सुझाव दिएको थियो । सेयर लगानीकर्ताले पनि यो सीमा हटाउन दबाब दिँदै अएका थिए ।