बाँकेमा लागुऔषध ब्राउन सुगर सहित एक १९ वर्षे युवक पक्राउ परेका छन् ।
बिहीबार नेपालगञ्ज उपमहानगर-१५ मा ईलाका प्रहरी कार्यालय जमुनाह बाँकेबाट खटिएको प्रहरी टोलि र लागुऔषध नियन्त्रण ब्युरो नेपालगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले भारत बाट नेपाल तर्फ पैदल आउदै गरेको एक युवकको साथमा ब्राउन सुगर बरामद गरेको हो ।
यसरी पक्राउ पर्ने युवक दाङको घोराही उपमहानगरपालिका-१४ नयाँ बजार बस्ने महेन्द्र बुढा मगर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
उनले पाईन्टको गोजिमा लुकाई छिपाई भारतबाट खैरो ब्राउन सुगर (९ ग्राम) ल्याएको भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।