
काठमाडौँ । जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
पशुपति आर्यघाटमा मंगलबार गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल, ऊर्जा मन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका हुन् ।
मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रासहित शव आर्यघाट पुर्याएका थिए । आर्यघाटमा मृतकका शवलाई सुरक्षा निकायले सलामीसहित सम्मान पनि गरेको छ ।
सरकारले जेन जेड आन्दोलनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरूप असोज १ गते सार्वजनिक बिदा दिने लगायतका निर्णय गरेको थियो ।
सोही अनुसार, आज उनीहरूको सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।