छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा घरेलु टोली नेपाल र बंगलादेश साँझ ५ बजे भिड्नेछन् । महिला साफको १२ वर्षे इतिहासमा नेपाल र बंगलादेश पहिलो पटक फाइनलमा भिड्न लागेको हो ।
प्रतियोगिता अन्तर्गत सेमिफाइनलमा नेपालले भारतलाई हराएको थियो । बंगलादेशले भने भुटानलाई सेमिफाइनलमा स्तब्ध बनाएको थियो ।