
काठमाडौँ । आज माइतीघरमा बसेको जेन जेडका युवाहरूको बैठकले भोलि भदौ २३ गते हुने आन्दोलनको सेड्यूल तयार गरेको छ । तालिका अनुसार भोलि बिहान नौ बजे जेन जेडहरु माइतीघरमा भेला हुनेछन् ।
माइतीघरबाट बानेश्वरको एभरेस्ट होटेलसम्म मार्च पास गर्ने कार्यक्रम राखिएको छ ।
आन्दोलनमा कसैले पनि सम्बोधन भने गर्ने छैनन् । बैठकमा सहभागी एक सदस्यले भने, ‘आन्दोलन केन्द्रित गीत, कविताहरू वाचन गर्न पाइनेछ । तर, स्रष्टाहरू २८ वर्षभन्दा कम उमेरको हुनुपर्नेछ ।’
नेपाल सरकारले फेसबुक लगायत सामाजिक सञ्जाल निष्क्रिय पारेपछि जेन जेड पुस्ताले आन्दोलनको घोषणा गरेका हुन् ।
बिनासर्त सामाजिक सञ्जाल पुनः सक्रिय बनाइनुपर्ने, पुराना नेताहरुले प्रधानमन्त्री बन्दिनँ भनेर प्रतिबद्धता व्यक्त गर्नुपर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष रूपमा आयुक्त नियुक्ति गर्नुपर्ने लगायतका मागअघि अघि सारिएको छ । आन्दोलनलाई विभिन्न दलका नेता तथा सेलिब्रिटीहरुले ऐक्यबद्धता जनाइरहेका छन् ।