बाँकेको कोहलपुर नगरपालिका १४ पावर्तीपुरमा आज मंगलबार बिहान एक दम्पती मृत फेला परेका छन् । आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेका हुन् ।
उनीहरु मध्ये कृष्णको शव घर बाहिर र मञ्जुको शव घरभित्र फेला परेको प्रहरीले जनाएको छ । कृष्णको हातमा चोट देखिएको र मञ्जुको घाँटीमा डोरीको डोब रहेको तथा मुखबाट फिँज आएको बताईएको छ ।
शब पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान सुरू गरेको छ ।