आज नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक बस्ने भएको छ । हिजो राजधानीमा बसेको कोइराला समूहको बैठक आज दिउँसो २ बजे पुनः बस्ने भएको हो ।
बिहीबारको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको निष्कर्ष निकालिएको थियो । १४ औँ महाधिवेशनपछि पनि पार्टी विधान र विधिसम्मत ढंगले सञ्चालन हुन नसकेको भन्दै बैठकमा नेताहरुले असन्तुष्टि जनाएका थिए ।
नेताहरूले सभापति देउवाले पार्टीभन्दा सत्तालाई मात्रै केन्द्रमा राखेर काम गरेको आरोप लगाएका छन् ।