धेरै जस्तो व्यक्तिमा एलर्जीको समस्या देखिने गर्छ । हाम्रो छाला निकै संवेदनशील हुने हुँदा सजिलै सानो लापरबाहीले पनि व्यक्तिगत जीवन सँगसँगै छालामा गम्भीर समस्या आउन सक्छ । विशेष गरी गर्मी याममा धेरै हाम्रो छालामा एलर्जीको समस्या देखिने गर्छ ।
बदलिँदो मौसममा एलर्जिक राइनाइटिस (नाकको एलर्जी) एलर्जिक अवस्थामा (श्वास) र स्किन एलर्जी, खाद्य पदार्थको एलर्जी हुने गर्दछन् । कतिपय एलर्जीहरू निकै घातक हुने गर्दछन् । विशेष गरी बारुला, कीरा, माकुरा, अरिङ्गालले टोक्दा पनि शरीर सुन्निने तथा चिलाउने हुन्छ, जसका कारण सास फेर्न गाह्रो हुने, छाती दुख्ने वा पोल्ने समस्या देखा पर्दछ । जसले गर्दा मानिसको ज्यान समेत जान सक्छ ।
हाम्रो शरीरभित्र कुनै पनि बाहिरी तत्त्वको प्रवेश गर्दा त्यसको विरुद्ध शरीरमा भएको प्रतिरक्षात्मक शक्तिले प्रतिक्रिया देखाउने गर्दछ । जुन छालामा देखिने गर्दछ, यसलाई हामी एलर्जी भन्ने गर्छौँ । छालामा समस्या देखिनुमा विभिन्न कारण हुनसक्छ । यसतर्फ हामी आफैँ पनि सचेत हुनु आवश्यक हुन्छ ।
हिजोआज बढ्दो प्रदूषण र धूवाँ धूलोका कारण हाम्रो शरीरका छालाहरूमा नकारात्मक असरहरू देखा परेका छन् । प्रदूषणको कारण छालामा दाग आउने, डन्डीफोर आउने समस्या दिनानुदिन बढ्दै गएको छ । यसलाई हामी छालाको एलर्जी भन्ने गर्छौँ । छाला चिलाउनु, रातो हुनु, दाग देखिने पानीका फोकाहरू आउने हुन्छ । साथै शरीरको छाला निस्केर पनि जान सक्छ । जसका कारण मानिसहरूलाई अनेकौँ समस्या आउने गर्दछ ।
घरबाट बाहिर निस्किँदा धूलो, धुवाँ र वायुमण्डलमा फैलिएको प्रदूषण मानिसको नाकमा प्रवेश गर्छ । त्यसै गरी घरपरिवारमा पाल्ने पाल्तु जनावरहरू कुकुर, बिरालोबाट एलर्जी हुने जोखिम बढी हुन्छ ।
हेर्नुहोस् यस्ता छन् लक्षण र एलर्जीबाट बच्ने उपायहरू
एलर्जीका लक्षणहरू
–शरीरमा डाबर आउनु वा चिलाउनु
–आँखा नाक चिलाउनु–हाच्छ्युँ आउनु
–सुक्खा खोकी लाग्नु, तर ज्वरो आएजस्तो नहुनु–सामान्यतया नाक बन्द हुनु, तर नाकबाट पानी नबग्नु
–बारम्बार रुघा लाग्नु
–औषधी र कस्मेटिक एलर्जीले श्वास फेर्न गाह्रो हुने
–छाला रातो हुने
–फोका आउने
–पसिना आउने
–छाला खुइलिने
एलर्जीबाट छालालाई कसरी जोगाउने
–ओछ्यान तथा लगाउने कपडा सफा राख्ने
–घरबाट बाहिर निस्किँदा मास्क लगाउने
–कपालमा रंग नलगाउने
–जनावरसँग घेरै नजिक नहुने
–खानेकुरा वा प्रयोगमा आउने कुनै कुराको एलर्जी हुन्छ भने त्यसबाट सावधानी अपनाउने
एलर्जीबाट बच्ने उपाय
–घरमा किरा अर्थात् कीटाणु हुर्कन नदिने ।
–सकेसम्म कोठाहरू उज्यालो बनाउनुपर्छ ।
–कोठामा हावा छिर्ने हुनुपर्छ
–सकेसम्म घरमा कार्पेट नराख्ने ।
–कोठामा सकेसम्म टायल, टाट राख्ने
–बक्स खाट नराख्ने, बक्स खाट भनेको एलर्जीको बैंक हो ।
–चारखुट्टे खाट राख्ने ।
–सकेसम्म फाइवरको सिरानी, डसना, सिरक बनाउने ।
–हप्तामा एक पटक सिरानी डसना, सिरक घाममा सुकाउने
–घर बाहिरका किराबाट यसरी जोगिने
–कपडा नजिकै फोहोर नराख्ने
–कपडा सुकेपछि मज्जाले झाँट्ने वा टकटकाउने, त्यसपछि आइरन गरेर मात्रै लगाउने
–घरको झ्याल ढोकामा जाली लगाउने
–घर वरिपरि झाडी बन्न नदिने
–एलर्जी भएको बेलामा सकेसम्म गाईको दूध, बदाम, अण्डा नखाने
–रक्सी, चुरोट सेवन नगर्ने
–कुनै पेन किलर नखाने
–एलर्जी हुँदा चिकित्सकको सल्लाह बिना कुनै औषधि सेवन गर्न हुँदैन