
काठमाडौं -नेपाल आयल निगम लिमिटेडले आइतबार रातीबाट लागू हुने गरी डिजेल र मट्टितेल प्रतिलिटर ४ रुपैयाँ तथा आन्तरिक हवाइ इन्धन प्रतिलिटर १ र अन्तराष्ट्रिय हवाइ इन्धन ७ डलर प्रतिकिलोलिटर घटाएको छ ।
मुल्य घटेपछि काठमाडौं उपत्यकामा डिजेल तथा मट्टितेल १ सय ४५ रुपैयाँ र आन्तरिक हवाइ इन्धन १ सय २७ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
अन्तर्राष्ट्रिय हवाइ इन्धन ९ सय ७३ डलर प्रतिकिलोलिटर कायम भएको निगमले जनाएको छ ।
इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएका कारण नेपाली बजारमा पनि समायोजन गरेको निगम प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।