राप्रपा नेपालकी केन्द्रीय सदस्य रेखा थापाले नारीहरू अब चुलो चौकामा मात्र सिमित नभएको बताएकी छिन् ।
‘नारीहरू अब कमजोर छैनन्। नारीहरु चुलो-चौकामा सीमित भएको हैन, देश हाँकेको हेर्न चाहन्छु’, विशाल आमसभाका बिचमा उनले भनिन्, ‘हामी सपना देखाउन आएका हाेइनाैँ, पुरा गर्न आएका हौँ। तर यसमा सबैको हातेमालो आवश्यक छ।’
‘मैले धेरै दिदीबहिनीहरु सपनाविहीन भएको देखेको छु। हाम्रो पार्टीले सीप र शिक्षाको सुनिश्चितता गर्छ। रेखा थापा भिड भेला पर्न आएको छैन। मलाई कलाकारिताले जिउन सहज भएको छ। अब हाम्रो जिम्मा देश बनाउने हो। यो मेरो प्रतिबद्धता हो’, उनले आत्मविश्वास व्यक्त गरिन्।
महिला दिदि बहिनीलाई लक्षित गर्दै उनले दिदी बहिनीहरु नै आफ्नो महान नेता भएको बताईन्। उनले भनिन्, महिला दिदीबहिनीहरु मेरो महान नेता हो, म त उहाँहरुका प्रतिनिधी पात्र मात्र हुँ।’
उनले आम नेपालीको सपना साकार पार्न राप्रपा होमिएको बताइन्। ‘अझै पनि उनीहरु अन्य पार्टीको जस्तै आश्वसन देखाउँछन्। सपना बेच्छन् ठान्नुहोला’, उनले भनिन्, ‘म कसम खाएर भन्छु, हाम्रो पार्टीले सपना देखाउँदैन, साकार गर्छ। हामीलाई सेवक हुने मौका दिनुहोस्।’