मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा मोरङ क्षेत्र नं ३ मा चुनावी माहोल रोमाञ्चक बन्दै गएको छ । यस क्षेत्रमा कांग्रेस-एमालेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिरहँदा राप्रपाले समेत दुई ठुला पार्टीलाई कडा चुनौती दिने देखिएको छ ।
कांग्रेसले प्रतिनिधि सभा तर्फ सुनिल शर्मालाई, एमालेले भानुभक्त ढकाल र राप्रपाले रेखा थापालाई उमेदवार बनाएको छ । सुरुमा थापालाई दुई ठुला राजनीतिक दलले कमजोर उमेदवार बताउने गरे पनि अहिले तिनै दललाई रेखाले दिएको चुनौतीको सामना गरिराख्नु परेको बताइएको छ ।
अघिल्लो पटक जितेका सांसदले केही नगरेपछी अहिले मतदाताले विकल्पको रुपमा रेखा प्रती आकर्षित हुन थालेका हुन् । अघिल्लो पटकको निर्वाचनमा पुराना विजयी बनेका नेताले जनतालाई दिएको आश्वासन पुरा गर्न नसक्दा दुई ठुला राजनीतिक दलप्रति मतदाता आक्रोशित बन्दै गएका छन् ।
गत स्थानीय तहको चुनबले परिवर्तनको पक्षमा अनपेक्षित नतिजा ल्याएसँगै यस क्षेत्रमा पनी परिवर्तनको पक्षमा जमात देखिन थालेको छ । अघिल्लो निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले सुकुम्बासी वस्तीको समस्या समाधान गर्न नसक्दा मोरङ क्षेत्र नं ३ का करिव एक हजार घर परिवारले हस्ताक्षर संकलन अभियान अगाडि बढाएका छन् ।
क्षेत्र नं ३ का कानेपोखरी, बेलबारी र पथरिशनिश्चरे नगरपालिकामा बस्ने सुकुम्बासी वस्तीका घरपरिवारले यस पटक रेखालाई मत हाल्ने र दवाब स्वरूप आफ्नो हस्ताक्षर संसद भवनामा पुर्याउन आग्रह गर्दै हस्ताक्षर उक्त संकलित हस्ताक्षर रेखा थापालाई बुझाएका छन् ।
यस क्षेत्रमा ३५ देखी ४० हजारको हाराहारीमा सुकुम्बासी रहेको तथ्याङ्क छ ।