काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोगको राजनीतिक दल स्वमूल्यांकन कार्यविधि संविधान विपरीत रहेकाले आफूहरूले विरोध जनाएको बताएका छन्।
शुक्रबार काठमाडौँमा नेकपा एकीकृत समाजवादीको उद्योग व्यवसायी जिल्ला कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले स्वमूल्यांकन दलहरूको आन्तरिक विषय भएको भन्दै आयोगको स्वमूल्यांकन कार्यविधि संविधान विपरीत भएको बताए।
स्वमूल्यांकन कार्यविधिमा विपक्षी दलहरूले विरोध जनाएपछि एमाले र काँग्रेसले समेत विरोध गरेको उनले बताए। त्यस्तै अध्यक्ष नेपालले काम नगरी पार्टीमा पद मात्रै ओगट्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए।
पार्टीको विभिन्न पदमा रहेका व्यक्तिले विभिन्न चुनौतीको सामना गर्न सक्नुपर्ने उनको भनाइ छ । उनले नेपालको राजनीतिमा नेकपा एकीकृत समाजवादीको भूमिका महत्त्वपूर्ण रहेकोले सङ्ख्याका आधारमा मूल्यांकन नगर्न आग्रह गरे।