एस्टन भिल्लाले इङ्ग्लिस प्रिमियर लिगको सर्वाधिक सफल क्लब म्यानचेस्टर युनाइटेडसँग बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा भिल्ला र युनाइटेडले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।
जारी जनवरी विन्डोमा मात्र स्पेनिस क्लब बार्सिलोनाबाट भिल्ला पार्क पुगेका फिलिप्पे काैटिन्होले डेब्यू गोल गरेपछि एस्टन भिल्लाले युनाइटेडसँग बराबरी खेलेको हो । उनले खेलको ८०औँ मिनेटमा गोल गरेसँगै इङ्ग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाका लागि डेब्यु गोल गरेका हुन् ।
भिल्ला पार्कमा युनाइटेडको दोब्बर अग्रता उल्टाउँदै घरेलु टिमले बराबरी खेलेको हो । खेलको छैटौँ मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गरेपछि युनाइटेडले सुरुआती अग्रता बनाएको थियो । ६७औँ मिनेटमा फर्नान्डेसले दोस्रो गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए ।
खेलको ७७औँ मिनेटमा जाकोब राम्सेले गोल गर्दै भिल्लालाई खेलमा फर्काउने प्रयास गरे । ८१औँ मिनेटमा कौटिन्होले गोल गरेपछि भिल्ला हारबाट जोगिएको हो । बराबरीसँगै सातौँ स्थानको युनाइटेडले २० खेलमा ३२ अङ्क जोडेको छ । भिल्ला भने २३ अङ्कका साथ १३औँ स्थानमा छ ।