काठमाडौं । गृहमन्त्री सुधन गुरुङले रसुवाको भोटेकोशी बाढी प्रभावितको हेलिकप्टर उद्धारमा १५ अर्ब रुपैयाँ खर्च भएको भन्ने विवरणमा सत्यता नरहेको बताएका छन्।
बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले हालसम्म १४–१५ करोड रुपैयाँ खर्च भएको बिलसहितको विवरण प्राप्त भएको र नेपाली सेनाको खर्च विवरण आउन बाँकी रहेको बताए। उनका अनुसार कुल खर्च करिब २० करोड रुपैयाँ हुने देखिएको छ।
‘अर्बौँ खर्च भएको रहेनछ । हामीसँग बिल छ,’ गुरुङले भने।
उनले विपद् प्रतिकार्यमा भएका कामको गम्भीर समीक्षा गरिने पनि बताए।