काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ९.६२ अंकले घटेको छ। नेप्सेमा आएको गिरावटसँगै सूचक २ हजार ६०३ अंकमा झरेर बन्द भएको छ।
कारोबार रकममा समेत कमी आएको छ। सोमबार ५ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबार ४ अर्ब ६५ करोड रुपैयाँमा सीमित भएको छ।
आज कुल २७८ कम्पनीमध्ये ६९ कम्पनीको सेयर मूल्य बढ्दा १९९ कम्पनीको घटेको छ। १० कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।
समूहतर्फ व्यापार समूहको सूचक सबैभन्दा धेरै १.८७ प्रतिशत घटेको छ। त्यस्तै बैंकिङ ०.१३, विकास बैंक ०.४५, वित्त ०.३२, होटल तथा पर्यटन ०.६५, जलविद्युत् ०.५२, लगानी ०.२२, जीवन बीमा ०.३७, उत्पादन तथा प्रशोधन ०.५० र लघुवित्त समूह ०.५५ प्रतिशत घटेका छन्।
यसैगरी निर्जीवन बीमा समूह ०.११ प्रतिशत र अन्य समूह ०.१२ प्रतिशतले बढेका छन्।
मंगलबार सयपत्री हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ६.७९ प्रतिशत बढेको छ। सर्वोत्तम पेन्ट्स ६.२९, हाथवे इन्भेस्टमेन्ट कम्पनी ३.४६ र मेन्छियाम हाइड्रोपावर ३.४० प्रतिशतले बढेका छन्।
घट्ने कम्पनीतर्फ धौलागिरि लघुवित्तको सेयर मूल्य ४.२३ प्रतिशतले घटेको छ। एपोलो हाइड्रोपावर ४.१४, शिखर पावर ४.०८, मान्डु हाइड्रोपावर ३.७२ र कालिन्चोक दर्शन ३.०१ प्रतिशतले घटेका छन्।
कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, सिद्धार्थ बैंक, गरिमा विकास बैंक, हाथवे इन्भेस्टमेन्ट कम्पनी, रिलायन्स स्पिनिङ मिल्स र माउन्टेन इनर्जी अगाडि रहे।