काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्न लागेको हो।
बैठकमा समसामयिक विषय तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने बताइएको छ। बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाहीसँगै आवश्यक निर्णयहरू गरिने अपेक्षा गरिएको छ।-
यसैगरी, मन्त्रालयहरूबाट पेस भएका प्रस्ताव, विभिन्न विधेयक तथा नीति–कार्यक्रमसँग सम्बन्धित विषयमा समेत मन्त्रिपरिषद्ले निर्णय गर्न सक्ने जनाइएको छ।