विराटनगर । राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन् । उनलाई प्रहरीले आइतबार बिहान बेलबारीबाट पक्राउ गरेको हो ।
मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई पक्राउ गरिएको हो ।
कटुवालले दाहालविरुद्ध मोरङमा कुनै उजुरी नरहेको जानकारी दिँदै उनलाई आजै काठमाडौं पठाइने बताए ।
दाहालविरुद्ध साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।
पछिल्लो समय दाहाल बालेन शाह नेतृत्वको सरकारविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै आएका थिए ।
कार्यक्रममा सहभागी हुन बेलबारी पुगेका दाहाललाई प्रहरीले पक्राउ गरेको हो । यद्यपि, प्रहरीले उनी सहभागी हुने भनिएको कार्यक्रमबारे आफूहरूलाई कुनै जानकारी नभएको जनाएको छ ।