ताङ्खुवाबाट धनकुटातर्फ आइरहेको टाटा सुमो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीले जानकारी दिए ।
उनका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । दुर्घटनाबारे अन्य विवरणसमेत प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ ।