म्याग्दी । मालिका गाउँपालिका–५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा पुगेको छ।
नेपाल विद्युत् प्राधिकरणको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत दुवै बस्तीमा विद्युत् विस्तार गर्न एक सय केभिए क्षमताको ट्रान्सफर्मर जडान गरिएको हो।
यसअघि एक सय ३२ घरधुरी रहेको पन्थोकमा गौडाखोला लघुजलविद्युत् परियोजना र ७२ घरधुरी रहेको जुग्जामा पेल्ट्रिक सेटमार्फत विद्युत् उत्पादन गरी स्थानीयलाई आपूर्ति गरिँदै आएको थियो।
राष्ट्रिय प्रसारण लाइन विस्तारसँगै दुवै बस्तीका स्थानीयले अब नियमित र भरपर्दो विद्युत् सेवा पाउने भएका छन्।