वासिङ्टन- अमेरिकाले इरानसँग युद्धविरामका लागि फेरि नयाँ प्रस्ताव पठाएको छ। अमेरिकी मिडिया रिपोर्टहरू अनुसार वासिङ्गटनले यो हप्ता इरानलाई १४ बुँदे प्रस्ताव पठाएको हो।
यस प्रस्तावमा इरानले परमाणु हतियार नबनाउने सहमति दिनुपर्नेछ । त्यसका लागि इरानले कम्तीमा १२ वर्षसम्म यूरेनियम सम्वर्द्धन रोक्नुपर्नेछ।
इरानले आफूसँग भएको करिब ४४० किलोग्राम ६० प्रतिशतसम्म सम्वर्धित युरेनियम पनि सुम्पनुपर्ने शर्त अमेरिकाको छ।
त्यसको बदलामा अमेरिकाले क्रमशः इरानमाथि लगाइएका प्रतिबन्धहरू हटाउने, इरानको जम्मा अर्बौं डलरको सम्पत्ति फुकुवा गर्ने र इरानी बन्दरगाहहरूमा लगाइएको नौसेना नाकाबन्दी हटाउने छ।
प्रस्तावअनुसार दुवै देशले सम्झौतामा हस्ताक्षर भएको ३० दिनभित्र होर्मुज स्ट्रेट फेरि खोल्ने पनि उल्लेख छ।