जेनेभा । संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर तुर्कले जेलमा रहेकी म्यानमाकी प्रजातन्त्रवादी नेता आङ सान सुकीलाई तत्काल र बिना शर्त रिहाइको माग गरेका छन्। नेतृ सुकीको सजाय शुक्रबार घटाएपछि तुर्कको यो भनाइ आएको हो ।
एक दशक लामो प्रजातान्त्रिक प्रयोगले नागरिक राजनीतिज्ञहरूलाई अस्थायी नियन्त्रण दिनुअघिस्वतन्त्रतापछिको इतिहासमा लगभग सबै समय सेनाले बलपूर्वक शासन गर्दै आएको छ ।
सैनिक जनरलहरूले सन् २०२१ मा भएको ‘कू’ मा ८० वर्षीया आङ सान सुकीको सरकारलाई अपदस्थ गरी सत्ता फिर्ता लिएका थिए ।
“सेनाले ‘कू’ पछि अन्यायपूर्ण रूपमा हिरासतमा लिइएका सबै स्टेट काउन्सिलर आङ सान सुकीसहित नेताहरू तत्काल र बिना शर्त रिहा गरिनु पर्छ,” उनले एक्समा भनेका छन् ।
“म्यानमाका सबै जनताविरुद्ध निरन्तर हिंसाको अन्त्य हुनुपर्छ। आङ सान सुकीलाई आममाफीको एक हिस्साका रूपमा शुक्रबार उनको सजाय घटाइएको उनको मुद्दा निकट स्रोतले एएफपी समाचार समितिलाई बताएको छ ।
म्यानमारका पूर्व राष्ट्रपति विन मिन्टलाई पनि सैन्य शासनपछि दोषी ठहर गरिएको एक विज्ञप्तिमा उल्लेख छ ।
तुर्कले भने, मिन्ट र अन्य कैदीहरूको हिरासतबाट भएको रिहाइबाट विपक्षीहरूले लामो समयपछि राहत पाएका छन्। मिन्टले सन् २०१८ देखि राष्ट्रपतिका रूपमा सेवा गरेका थिए । तर ‘कू’ पछि उनलाई जेल चलान गरिएको थियो ।
नोबेल शान्ति पुरस्कार विजेता नेतृ सुकी अझै पनि हिरासतमा रहेकी छन् । तर उनको २७ वर्षको सजाय कटौती गरिएको छ।