
भेरीगङ्गा (सुर्खेत) । चिङ्गाड गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । सबै वडाका पाँच वर्षमुनिका बालबालिकाले आवश्यक सम्पूर्ण नियमित खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चितता भएपछि सो पालिकालाई सुर्खेतको पहिला नै पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको हो ।
पाँच वर्षमुनिका सबै बालबालिकाले आवश्यक सम्पूर्ण नियमित खोप लगाइसकेपछि पालिकालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो। यससँगै चिङ्गाड गाउँपालिका जिल्लाकै पहिलो यस्तो पालिका बनेको छ ।
स्थानीय सरकार, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक र समुदायको निरन्तर प्रयास र सहकार्यबाट पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सफल भएको उनले जानकारी दिए। पूर्ण खोप सुनिश्चितता भनेको सबै बालबालिकाले समयमा सबै खोप लगाउनु र त्यो उपलब्धि दिगो रूपमा कायम गर्नुपर्ने सरोकारवालाहरूले जोड दिएका छन् ।
कार्यक्रमका खोप समन्वय समितिका कार्यवाहक अध्यक्ष सचिन बडुवालले बालबालिकाको जीवन रक्षा र स्वस्थ भविष्यका लागि खोप कार्यक्रमको सफल कार्यान्वयन निकै सराहनीय रहेको बताए ।
चिङ्गाड गाउँपालिकाका अध्यक्ष बोदविक्रम जिसीले स्थानीय सरकार, स्वास्थ्यकर्मी, स्वयंसेविका, अभिभावक र सम्पूर्ण समुदायबीचको सहकार्यकै कारण यस्तो महत्त्वपूर्ण उपलब्धि सम्भव भएको बताए । जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख करुणा भट्टराईले सबै बालबालिकाले समयमा खोप लगाउनु मात्र पर्याप्त नभई त्यो अभ्यासलाई दिगो रूपमा कायम राख्नु अत्यावश्यक छ भने ।