काठमाडौं । नेपाली कांग्रेसका नेता किरण किशोर घिमिरेले पार्टीको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौंमा आयोजित पत्रकार भेटघाटमार्फत घिमिरेले १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । दाङ–२ बाट महाधिवेशन प्रतिनिधि रहेका उनले तल्लो तहका नेता–कार्यकर्ता तथा आमजनताको आवाजलाई केन्द्रीय राजनीतिमा प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले उम्मेदवारी दिएको बताए । निर्वाचित भए पार्टीभित्र एकता र सहकार्य थप मजबुत बनाउन पहल गर्ने उनको भनाइ छ ।
घिमिरे नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । उनीसँग करिब १८ वर्ष सरकारी सेवाको अनुभव रहेको छ ।
घिमिरेले २०८२ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट दाङ–२ मा उम्मेदवारी दिएका थिए ।
शैक्षिक रूपमा अर्थशास्त्र, राजनीतिशास्त्र र समाजशास्त्र अध्ययन गरेका घिमिरेले भारतको अवध विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । साथै, उनले नेदरल्यान्ड्सस्थित व्यवस्थापन तथा अन्तर्राष्ट्रिय विकाससम्बन्धी उच्च शिक्षाका लागि परिचित संस्था Maastricht School of Management बाट General Strategic Management मा पोस्टग्राजुएट डिप्लोमा हासिल गरेका छन् ।