
सप्तरी, ८ चैत । सप्तरीमा मोटरसाइकल र सिटी सफारी एकआपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।
सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार घाइतेहरुको विराटनगरस्थित न्युरो अस्पताल र गोल्डेन अस्पतालमा उपचार भइरहेको छ।
शुक्रबार साँझ करिब ८ बजे कञ्चनरुप नगरपालिका १० बदगामास्थित पूर्व–पश्चिम राजमार्गमा कञ्चनपुरबाट भारदहतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ ह ८६९२ नम्बरको सिटी सफारी र भारदहबाट कञ्चनपुरतर्फ आउँदै गरेको प्र–३–०१–००२ प ८२८९ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएका थिए।
दुर्घटनामा परेर तिरहुत गाउँपालिका ५ बुधेवा बस्ने ३१ वर्षीय दिपेश मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छन्। निधन भएका व्यक्ति मोटरसाइकल चालक रहेको बुझिएको छ ।
दुर्घटनामा परेर घाइते हुनेमा सिटी सफारीमा रहेका सप्तरी कंचनरुप-३ बस्ने बर्ष ३२ को राम सेवक राम, कंचनरुप-१० बदगामा बस्ने बर्ष २७ को राज कुमार गुप्ता र अजय कुमार गुप्ता, सफारी चालक कंचनरुप-२ बस्ने बर्ष ४५ को पृत्रिब देब पण्डित र मोटरसाइकको पछाडी सवार कंचनरुप- ५ बस्ने बर्ष २२ की आरती देबी खंङ रहेका छन् ।