दमौली, ५ भाद्र । तनहुँको घाँसी कुवा नजिक पहिरो खस्दा मुग्लिन-पोखरा सडक अवरुद्ध बनेको छ ।
बुधवार करिब ५ बजे पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका-१२ घाँसीकुवामा ठुलो पहिरो खसेका कारण मुग्लिन- पोखरा सडक पुर्णरुपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
ठुलो पहिरो खसेको हुनाले सो पहिरो पन्छाउन घण्टौँ लाग्न सक्ने अनुमान गरिएको छ । पहिरोको कारणमा सडकमा सवारीसाधनहरू लामबद्ध भएपछि ट्राफिक प्रहरीले डाइभर्सन गरेर सवारीसाधन पठाइएको जनाएको छ ।
तनहुँ ट्राफिक प्रहरीका अनुसार दमौलीतर्फ लालघरे र डुम्रेतर्फ घाँसिकुवाको छेउ निस्किने गरी डाइभर्सन गरिएको छ ।