
लमजुङ । दाह्री काट्ने जिलेट मेसिन नदिएको विषयमा झगडा पर्दा छोराले बाबुलाई खुकुरी प्रहार गरेका छन् ।
लमजुङको क्व्होलासोथार गाउँपालिका-९ टक्सार बस्ने ६० वर्षीय दिल बहादुर लाई उनका छोरा २८ वर्षीय सुजन बिकले असोज १० गते खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट घाइते भएका दिल बहादुरको पश्रिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको हो ।
खुकुरी प्रहार गर्ने सुजनलाई प्रहरी चौकी गिलुङबाट खटिएको प्रहरीले असोज १६ गते पक्राउ गरेको छ ।
पक्राउ परेका सुजनउपर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।