
काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग भारतीय सेनाका प्रमुख मनोज पाण्डेले भेटवार्ता गरेका छन् ।
भारतमा सम्पन्न भएको १३ औं इन्डो एशिया प्यासिक आर्मी चिफ कन्फरेन्स पछि उनीहरूबीच भेटवार्ता भएको हो ।
भारतको नयाँ दिल्लीमा हिजो र आज गरी दुईदिनसम्म चलेको सम्मेलनमा पाण्डेले नेपाललगायत बंगलादेश, न्यूजिल्याण्ड, बेलायत, कम्बोडिया, फ्रान्स र मलेसियाका सेनाप्रमुखसँग पनि भेटवार्ता गरेका थिए ।
#TogetherForPeace
— ADG PI – INDIAN ARMY (@adgpi) September 27, 2023
General Manoj Pande #COAS interacted with Army Chiefs of Nepal🇳🇵, Bangladesh🇧🇩, New Zealand🇳🇿, United Kingdom🇬🇧, Cambodia🇰🇭, France🇫🇷 and Malaysia🇲🇾, participating in the Indo-Pacific Armies Chiefs Conference #IPACC 2023. 1/2#IndianArmy pic.twitter.com/iWT6yBBVdt
भारत र अमेरिकामा मिलेर आयोजना गरिएको उक्त सम्मेलनमा ३० देशका प्रतिनिधीहरू सहभागी भएको बताइएको छ ।
इन्डो एशिया प्यासिफिक क्षेत्रमा शान्ति र स्थिरता लाई प्रवद्धन गर्नको लागि उक्त सम्मेलन प्रभावकारी हुने बताइएको छ ।
प्रधानसेनापति शर्मा भोली नेपाल फर्कने कार्यक्रम रहेको छ । शर्माको अनुपस्थितिमा बलाधिकृत रथी सरोज प्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हालेका छन् ।