
काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्मा आज भारत प्रस्थान गरेका छन् ।
भोलीदेखि दुईदिनसम्म चल्ने १३ औं इन्डो एशिया प्यासिक आर्मी चिफ कन्फरेन्समा सहभागी शर्मा आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रधान सेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाई गरे। सो अवसरमा रथीवृन्द, रक्षा मन्त्रालयका पदाधिकारी लगायत सैनिक अधिकृतहरुको उपस्थिति रहेको थियो ।
भारत प्रस्थान गर्नु पूर्व आजै प्रधान सेनापतिलाई जंगी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
उनको अनुपस्थितिमा बलाधिकृत रथी सरोज प्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
भ्रमण कार्यक्रम सकेर प्रधान सेनापति शर्मा असोज ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।