
दमौली । आफ्नै घरमा बिजुलीको तार मिलाउने क्रममा करेन्ट लागेर घाइते भएका एक पुरुषको निधन भएको छ ।
जिल्लाको ब्यास नगरपालिका-११ मुलपानी बस्ने बर्ष ५२ को बिर बहादुर तामाङलाई आज दिउँसो आफ्नै घरमा बिजुलीको तार मिलाउँदा करेन्ट लागेको थियो ।
घाइते भएका तामाङलाई तत्काल उपचारको लागी जिल्ला अस्पताल दमौली लगिएको थियो ।
उपचारको क्रममा बेलुका ५:४० बजे चिकित्सकले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाणले बताए ।