
पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका-२ जोर्तेमा जिप दुर्घना हुँदा ३ जनाको मृत्यु भएको छ।
गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिरोले पुरिँदा तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
मृत्यु हुनेमा २ पुरुष र १ महिला रहेका छन्। प्रवक्ता थापाका मृतकहरूमा पोखरा महानगरपालिका-२५ हेम्जा बस्ने वर्ष ३१ विनोद तिम्सिना र जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी सहायक हवलदार याम बहादुर बोहरा रहेका छन् ।
मृतक महिलाको भने सनाखत हुन सकेको छैन ।
दुर्घटना घाइतेहरूलाई उपचारका लागि पाल्पा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको थापाले बताए ।